तोडियो बेलासे–गोलाखर्क सडकको ठेक्का
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

इलाम। मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि गरिएको ठेक्का सम्झौता प्रगति सन्तोषजनक नभएपछि रद्द गरिएको छ।
रु २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप्दासमेत ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)