लगातार दुई खेलमा हारपछि सन्दीपले भने- हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो
kalakarmi.com · Fri Oct 30 03:54:05 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन् ।
बिहीवार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए । उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दवाव कायम राख्न नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)