भुटानमा हिमताल फुटेको आशंका, पुनात्साङछु नदीमा ठूलो बाढी : भारतका सीमावर्ती क्षेत्रमा सतर्कता
bishowkhabar.com · Fri Oct 30 04:12:14 UTC 2026

काठमाडौं – भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल फुटेको आशंका गरिएको छ । बिहीबार साँझ पुनात्साङछु नदीमा एक्कासि ठूलो बाढी आएपछि हिमताल विस्फोटका कारण पानीको बहाव बढेको हुन सक्ने अनुमान गरिएको हो ।
प्रारम्भिक विवरणअनुसार वाकिला पर्वतको फेदीमा रहेको हिमतालबाट करिब ७४ लाख घनमिटर पानी बाहिरिएको आशंका गरिएको छ । यद्यपि हिमताल फुटेको आधिकारिक पुष्टि तथा बाढीबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । भुटान र भारतका अधिकारीहरूले नदीको जलस्तर र पानीको बहाव निरन्तर निगरानी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)