सेवा प्रवाहमा सङ्घीय सरकारको ध्यानाकर्षण
gorkhapatraonline.com · Fri Oct 30 04:40:32 UTC 2026

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं कर्णाली प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले सङ्घीय सरकारसमक्ष प्रदेश सरकारका समस्या प्रस्तुत गर्नुभएको छ । सङ्घीय सरकारका विभिन्न मन्त्रीसँग भेट गरी उहाँले प्रदेश सरकार सञ्चालन, यहाँको समस्या र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझावसमेत लिनुभएको छ ।
प्रदेशको स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, पर्यटन, कृषि, वन तथा वातावरणलगायतका क्षेत्रको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयका बारेमा सङ्घीय मन्त्रीरूसँग उहाँले छलफलसमेत गर्नुभएको छ । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग कर्णाली प्रदेशमा हवाई उडान नियमित, सहज र प्रभावकारी बनाउने माग गरिएको छ । कर्णालीका दुर्गम जिल्लामा प्रदेश राजधानी सुर्खेतबाट सिधा हवाईसेवा सञ्चालन छैन । साबिक कर्णालीका जिल्ला पुग्न लुम्बिनी प्रदेशको बाँके भएर जानुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)