भुटानमा हिमताल फुटेर भीषण बाढी, सडक र प्रसिद्ध तातोपानी कुण्ड बगायो, भारतका सीमावर्ती क्षेत्रमा सतर्कता
aarthiknews.com

काठमाडौं । भुटानको उत्तरी जिल्ला गासामा आकस्मिक बाढी आएको छ। सिन्ताफू हिमतालबाट ठूलो परिमाणमा पानी बाहिरिएपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। बाढीले सडक, भौतिक संरचना तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गासा त्साचु नामको प्रसिद्ध तातोपानी कुण्ड बगाएको छ। सम्भावित हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) का कारण भुटानसँगै भारतका सीमावर्ती क्षेत्रमा समेत जोखिम बढेको छ।
भुटानी सञ्चारमाध्यम डेली भुटानका अनुसार बिहीबार साँझ आएको बाढीले पुनाखा–गासा सडकको एउटा महत्त्वपूर्ण खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। बाढीको पानी बिहीबार साँझ करिब ८ बजेर १५ मिनेटमा गासाको तक्त्सेमाखाङ क्षेत्रमा पुगेको थियो। त्यसपछि आएको बाढीले लाया जाने सडकका केही भागमा समेत क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)