भुटानमा हिमताल विस्फोटले निम्त्यायो बाढीको जोखिम, भारतका दुई राज्यमा रेड अलर्ट
kalakarmi.com · Fri Oct 30 04:48:53 UTC 2026

थिम्पु- भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ ।
हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ बग्न थालेपछि प्रशासनले आपतकालीन तयारीसमेत अघि बढाएको छ । संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दार्जिलिङ पहाडी क्षेत्र, तराई तथा डुवर्सका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)