एनआरएनए मध्यपूर्व सम्मेलन : रमेश श्रेष्ठको नेतृत्वमा १४ समिति गठन
ratopati.com · Fri Oct 30 04:46:16 UTC 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ तयारीका लागि क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा १४ वटा समिति गठन गरिएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको हो।
श्रेष्ठको अध्यक्षतामा अक्टोबर १० मा सम्पन्न चौथो क्षेत्रीय बैठकले सम्मेलनको तयारीलाई तीव्रता दिने निर्णय गरेको थियो। जसअनुसार व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार, यातायात, भिसा तथा दर्ता, स्वयंसेवक परिचालन, सञ्चार, सांस्कृतिक कार्यक्रम र घोषणापत्र तयारीलगायतका कामका लागि समिति गठन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)