एआईको प्रभावले गुगलको बजार मूल्यमा ५०० अर्ब डलरभन्दा बढीको गिरावट
kendrabindu.com · Fri Oct 30 04:59:20 UTC 2026

काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो ।
गुगलको सर्च इन्जिनमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तयार गरिने सारांशले विज्ञापनबाट हुने आम्दानीमा असर पारिरहेको कम्पनीले खुलासा गरेपछि लगानीकर्ता चिन्तित बनेका हुन् । यसै साता माइक्रोसफ्ट र अमेजनले पनि आफ्नो व्यावसायिक प्रगतिको विवरण सार्वजनिक गरेका थिए । यी तीनवटै प्रविधि कम्पनीले एआईको प्रतिस्पर्धामा ठूलो रकम लगानी गर्ने योजना अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)