आईसीटी अवार्ड २०२६ : चार विधामा ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलमा छनोट
kalakarmi.com · Fri Oct 30 05:03:08 UTC 2026

काठमाडौं- प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड ‘आईसीटी अवार्ड २०२६’ को ११औँ संस्करणअन्तर्गत चार विधामा ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट भएका छन् ।
आयोजकका अनुसार स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको मूल्याङ्कनपछि ५० सेमिफाइनलिस्ट छनोट गरिएको हो । यस वर्ष आईसीटी अवार्डका विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन् । १४ जना विज्ञ जुरी सदस्य र १५ सदस्यीय विशिष्ट सल्लाहकार समितिको संलग्नतामा छनोट प्रक्रिया अघि बढाइएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)