निजी इन्टरनेट छोड्दै नेपाल टेलिकमको फाइबर जोड्नेको लर्को, सामाजिक सञ्जालमा सेवाको चर्चा
barnanmedia.com · Fri Oct 30 05:03:15 UTC 2026

निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले शुल्क बढाएसँगै अहिले नेपाल टेलिकमको फाइबर इन्टरनेटप्रति ग्राहकहरूको आकर्षण बढ्दै गएको छ। वर्ल्डलिङ्क, भाइनेट, डिसहोमलगायतका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीको सेवा छोडेर नेपाल टेलिकमको सस्तो फाइबर इन्टरनेट जोड्ने ग्राहकहरू पछिल्लो समय सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन थालेका छन्।
विशेषगरी निजी इन्टरनेट कम्पनीहरूले इन्टरनेटको मूल्य बढाएपछि कम खर्चमा इन्टरनेट चलाउन चाहने ग्राहकहरू नेपाल टेलिकमतर्फ आकर्षित भएका हुन्। अहिले धेरै प्रयोगकर्ताले नेपाल टेलिकमको फाइबर जडान गरेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफ्नो अनुभवसमेत सुनाइरहेका छन्। कतिपयले अहिलेसम्मको सेवा राम्रो रहेको र इन्टरनेटको गति तथा मूल्य दुवैबाट सन्तुष्ट रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)