मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न

ictsamachar.com

काठमाडौं । एप्पलको फोल्डेबल फोन आईफोन डुओको भित्री डिस्प्लेमा क्षति पुग्ने समस्या सार्वजनिक भएसँगै यसको हिन्ज प्रणालीको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । फोनको डिस्प्ले चर्किने तथा बिग्रिने घटनाबारे विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका बेला एप्पलले पनि सीमित संख्याका डिभाइसमा यस्तो समस्या देखिएको स्वीकार गरेको छ ।

समस्या देखिएका फोन साट्नका लागि सम्बन्धित प्रयोगकर्तालाई कम्पनीसँग सम्पर्क गर्न एप्पलले आग्रह गरेको छ । यद्यपि, यो समस्याको वास्तविक कारणबारे थप चासो बढिरहेका बेला चिनियाँ सञ्चारमाध्यम जिमियान न्युजले एप्पलको उत्पादन प्रक्रियामाथि प्रश्न उठाउने रिपोर्ट सार्वजनिक गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)