मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपूर्वमा एनआरएनएको क्षेत्रीय सम्मेलनको तयारी तीव्र, रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

newsofnepal.com · Fri Oct 30 05:08:03 UTC 2026

काठमाडौं ।

नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको रेमिटेन्सको ठूलो हिस्सा भित्रिने मध्यपूर्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा हुने ‘सहयात्रा–२०२६’ सम्मेलनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रम अधिकार, सामाजिक सुरक्षा, लगानी प्रवर्द्धन र स्वदेश फर्किएपछिको भविष्यलाई केन्द्रमा राखेर सम्मेलन आयोजना गर्न लागिएको हो। मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको अध्यक्षतामा अक्टोबर १० मा सम्पन्न चौथो क्षेत्रीय बैठकले सम्मेलन व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न १० वटा समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)