मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि

kalakarmi.com · Fri Oct 30 05:27:49 UTC 2026

काठमाडौं- नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ। रिबन इन्टरटेनमेन्ट प्रालिले शनिवार राजधानीमा आयोजना गर्न लागेको ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ को अन्तिम समारोहमा सिंहलाई उक्त उपाधि प्रदान गर्न लागिएको हो ।

नेपाली फिल्म क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि अभिनयमार्फत योगदान पुर्याउँदै आएकी सिंह बहुप्रतिभाशाली अभिनेत्रीका रूपमा परिचित छिन् । सशक्त अभिनय, विशिष्ट व्यक्तित्व र दर्शकमाझ स्थापित लोकप्रियताका कारण उनले नेपाली फिल्म क्षेत्रमा छुट्टै पहिचान बनाएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)