चक्रवात ‘अर्नब’ को प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
ratopati.com · Fri Oct 30 05:35:20 UTC 2026

काठमाडौँ । ‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका विभिन्न प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वसूचना जारी गर्दै विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार क्षेत्रमा मध्यम जोखिम रहेको जनाएको छ। यी जलाधार तथा तिनका उपजलाधारहरूमा उल्लेख्य वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम बढेको हो।
महाशाखाको पूर्वानुमान अनुसार शुक्रबार नारायणी, कोशी र तिनका शाखा नदीहरूका साथै बागमती, कमला र कन्काई जलाधारमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यसले गर्दा नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ। सोही अवधिमा महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीहरूमा भने जलसतह सामान्य मात्र वृद्धि हुने आँकलन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)