‘अर्नब’ चक्रवातको प्रभावले कञ्चनजंघा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
himalpress.com · Fri Oct 30 05:27:41 UTC 2026

ताप्लेजुङ- बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजंघा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन्।
उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमै पर्ने होटल तथा बस्तीहरूमा रोकिनुपरेको हो। बस्तीहरूका होटल पर्यटकले भरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)