मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मधेशमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

nagariknews.nagariknetwork.com · Fri Oct 30 05:49:38 UTC 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो।

चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट मिर्गौला उपचार केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)