मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सन नेपाल लाइफकाे सेयर स्वामित्व परिवर्तन गर्ने, संस्थापकको सेयर हिस्सा घट्ने

arthasansar.com · Fri Oct 30 05:56:01 UTC 2026

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण सेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ । कम्पनीले संस्थापकको स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्‍याउन लागेको हो ।

कम्पनीको सञ्चालक समितिको २०८३ कात्तिक १२ गते बसेको बैठकले सेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत कायम हुनेछ । यसका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)