मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलेसिया बन्द भए त्यसको जिम्मेवारी संघले लिने कि? श्रमिकको रोजगारीदेखि देशको अर्थतन्त्रसम्म जोडिएको प्रश्न

reportersnepal.com · Fri Oct 30 06:02:12 UTC 2026

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षका पछिल्ला अभिव्यक्ति र सामाजिक सञ्जालमा सार्वजनिक धारणाले मलेसियाको रोजगारीको भविष्य तथा त्यसको विकल्पबारे गम्भीर प्रश्न खडा गरेको छ। मलेसियाको रोजगारी दुई–चार महिना बन्द हुँदैमा केही फरक पर्दैन र नयाँ श्रम गन्तव्य खोज्नुपर्छ भन्ने आशयका अभिव्यक्ति सार्वजनिक भएपछि अध्यक्षको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।

मलेसियाको रोजगारी केही समय अवरुद्ध हुँदैमा ठूलो असर पर्दैन भन्ने निष्कर्षमा पुग्नुअघि त्यसको वास्तविक विकल्प के छ भन्ने प्रश्नको जवाफ आवश्यक छ। नयाँ श्रम गन्तव्यको नाम लिन सजिलो भए पनि त्यहाँ नेपाली श्रमिकलाई रोजगारी दिलाउने, उचित पारिश्रमिक सुनिश्चित गर्ने, भिसा प्रक्रिया सहज बनाउने र ठूलो संख्यामा श्रमिक पठाउन सक्ने व्यावहारिक आधार तयार गर्नु चुनौतीपूर्ण विषय हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)