बाढीले बगाएको पुलको विकल्प खोज्दै धादिङ, तिहारअघि नै ‘तैरिने पुल’ सञ्चालन गर्ने तयारी
kalakarmi.com · Fri Oct 30 06:06:55 UTC 2026

धादिङ- धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ ।
भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसंग टुटेको सडक सम्पर्क जोड्न स्थानीय तहहरुको पहलमा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गर्न लागिएको हो । बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने ४ वटा पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो । त्यसले गर्दा एम्बुलेन्सले समेत वैकल्पिक र लामो दूरीको जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)