एनसेललाई पूर्ववर्ती सरकारहरूको षड्यन्त्रको सिकार नबनाऊ बालेन सरकार !
nepalpress.com · Fri Oct 30 06:14:45 UTC 2026

निजी क्षेत्रको सफल दूरसञ्चार सेवा प्रदायक कम्पनी हो– एनसेल। कम्पनीको शेयर लगतअनुसार हाल एनसेलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत स्वदेशी लगानी रहेको छ। एनसेलले नेपालमा मोबाइल सेवा सञ्चालनको अनुमति पहिलोपटक २०६१ भदौ १६ गते प्राप्त गरेको थियो। त्यसयता दश वर्षको सेवा अवधि पूरा भएपछि २०७१ भदौमा पहिलोपटक, २०७६ भदौमा दोस्रोपटक र २०८१ भदौमा तेस्रोपटक अनुमतिपत्र नवीकरण गरिसकेको छ ।
दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ बमोजिम प्राप्त एनसेलको मोबाइल सेवा अनुमतिपत्रको अवधि ऐनको दफा २५ अनुसार २५ वर्षको हो। उक्त अवधि २०८६ भदौ १५ गते समाप्त हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)