मधेसमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
baahrakhari.com · Fri Oct 30 06:23:50 UTC 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेस प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो ।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट मृगौला उपचार केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)