मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ratopati.com · Fri Oct 30 06:38:53 UTC 2026

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय वीरेन्द्र शाहीलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)