मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारीमा जोड दिँदै मुख्यमन्त्री आचार्य

ratopati.com · Fri Oct 30 06:40:39 UTC 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले आवश्यक लगानी गर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार गर्नुपर्ने बताए । उनले विपद्का घटनाबाट हुने क्षति कम गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)