मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात अर्नबको प्रभाव : मनास्लु क्षेत्रमा हिउँ पर्न थाल्यो

annapurnapost.com · Fri Oct 30 06:24:25 UTC 2026

गोरखा : मनास्लु क्षेत्रका विभिन्न गाउँहरूमा हिउँ पर्न थालेको छ । चुमनुब्री गाउँपालिकाको वडा नं.१ तथा वडा नं.७ का विभिन्न गाउँबस्तीमा हिउँ परेको स्थानीयहरूले बताएका छन् । बंगालको खाडीमा विकसित भइ दक्षिणपूर्वी नेपालबाट प्रवेश गरेको शक्तिशाली सामुद्रिक चक्रवात अर्नबको प्रभाव बिहीबार रातिदेखि गोरखाको मनास्लु क्षेत्रलगायतका हिमाली भेगमा परेको हो ।

वडा नं. १ को साम्दो तथा वडा नं. ७ को निले, छुले र लारमा अहिले हल्का हिमपात भएको स्थानीयहरूले जानकारी दिएका छन् । सामागाउँ,छेकम्पार, लामागाउँ लगायतका गाउँमा हिउँ नपरे पछि वरिपरिका पहाडमा हिउँले ढपक्कै ढाकेको उनीहरुको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)