निगरानीमै रहेको भुटानको हिमताल फुट्यो, बाढीले तातोपानी कुण्ड र सडक बगायो
kalakarmi.com · Fri Oct 30 06:32:31 UTC 2026

थिम्पु- भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् । हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट (ग्लोफ) भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)