मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भूराजनीतिको नयाँ नक्सा कोर्दै हर्मुज

annapurnapost.com · Fri Oct 30 06:28:49 UTC 2026

कूटनीतिको क्षेत्रमा स्थापित हिजोसम्मका कैयन मान्यताहरू आउटडेटेड हुन पुगे। परम्परागत सैन्य प्रविधि र युद्ध रणनीतिलाई आधुनिक ड्रोन र अन्तरिक्ष युद्ध प्रविधिले विस्थापन गरिदियो। वर्षौं पुरानो शक्ति सन्तुलन जरैबाट हल्लिन पुग्यो।

विश्व भूगोलमा त्यस्ता केही रणनीतिक चेक पोइन्टहरू छन्, जसले विश्व भूराजनीतिलाई पूर्ण रूपमा पुनःआकार प्रदान गर्ने क्षमता राख्छन्। ती यस्ता विन्दुहरू हुन्, जसमाथि शक्ति राष्ट्रहरू कुनै पनि हालतमा आफ्नो नियन्त्रण गुमाउन चाहन्नन्। त्यसैमध्येको एक हो, हर्मुज जलडमरु। कुनै समय पर्सियन, पोर्चुगिच, अरबी हुँदै ब्रिटिससम्मको नियन्त्रणमा रहेको यो जलडमरु केवल एक साँगुरो जलमार्गमात्र होइन, विश्व ऊर्जा आपूर्ति र वैश्विक शक्ति सन्तुलन माथि नियन्त्रण कायम राख्ने अचुक ब्रह्मास्त्र पनि हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)