ताप्लेजुङका किसानलाई समस्या
reportersnepal.com · Fri Oct 30 06:50:50 UTC 2026

ताप्लेजुङ, १३ कात्तिक । पाकेको धान र कोदो थन्क्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसानलाई समस्या भएको छ ।
जिल्लाका प्रायः स्थानमा धान र कोदो पाकेर पहेँलपुर भएका छन् । तर, दुई दिनदेखिको वर्षाका कारण पाकेको बाली थन्क्याउन कठिन भएको किसानले बताएका छन् । सिरिजङ्घा गाउँपालिका–७ का किसान श्याम राईले पाकेको अन्नबाली थन्क्याउने समयमा वर्षा भएपछि चिन्ता बढेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)