मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य

nepalpress.com · Fri Oct 30 07:11:42 UTC 2026

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन ।

शुक्रवार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनका कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार गर्नुपर्ने बताए । उनले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारी बोधलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)