विपद् प्रभावितलाई राहत र पुनर्निर्माणमा ढिलाइ नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन
baahrakhari.com · Fri Oct 30 07:14:00 UTC 2026

बुटवल । विपद्बाट प्रभावित नागरिकले पाउनुपर्ने राहत तथा पुनर्निर्माणको रकम तत्काल उपलब्ध गराउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशन दिएका छन् । उनले विपद् व्यवस्थापनमा बजेट, पूर्वतयारी र तीनै तहका सरकारबीच समन्वयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रियामा मुख्यमन्त्री आचार्यले विपद् भएपछि राहत खोज्नेभन्दा विपद् आउनुअघि नै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार गर्दै सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)