मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’को उपाधि

ratopati.com · Fri Oct 30 07:33:57 UTC 2026

काठमाडौं । अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’को कार्यक्रममा उनलाई उक्त उपाधि दिन लागिएको हो ।

नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी सिंह बहुप्रतिभाशाली अभिनेत्रीका रूपमा परिचित छिन् । सन् १९९३मा तुलसी घिमिरे निर्देशित फिल्म दक्षिणाबाट अभिनय यात्रा सुरु गरेकी सिंहले रहर, मितज्यू, दर्पणछायाँ, आफन्त, आफ्नो मान्छे, ठुलदाई, बन्धकी, चाँदनी, को आफ्नो को विरानो, नाता रगतको, खानदान, दाल भात तरकारी र ३६ को आँकडालगायत दर्जनौँ फिल्ममा अभिनय मार्फत नेपाली फिल्म क्षेत्रमा विशेष स्थान बनाएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)