अनमोलको ‘बाटुलो जून’ शीर्ष गीत सार्वजनिक
baahrakhari.com · Fri Oct 30 07:30:31 UTC 2026

काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राम अविरल विष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर छ । संगीत संयोजन गायक योगीले नै गरेका छन् ।
चलचित्रको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’ शीर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)