मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन सुरु, कतारले के भन्यो ?

nepalsamaya.com · Fri Oct 30 07:16:00 UTC 2026

काठमाडौं- कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ।

कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ। इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक भएको हो। यस घटनाले इजरायलमा नयाँ सरकार गठनका लागि भइरहेका राजनीतिक प्रयासमा समेत असर पार्न सक्ने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)