न डाक्टरको सहज पहुँच, न औषधिको सुविधा : कसरी उपचार गराउँछन् उपल्लो डोल्पावासी ?
kalakarmi.com · Fri Oct 30 07:37:03 UTC 2026

सुर्खेत- स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने, दुर्गम बस्तीमा औषधि तथा उपचार उपकरणको अभाव हुने र आधुनिक स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या उपल्लो डोल्पाका स्थानीयवासीका लागि अझै चुनौतीपूर्ण छ ।
यस्तो अवस्थामा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत हिमाली चिकित्सा पद्धति ‘आम्ची’ यहाँका नागरिकका लागि उपचारको महत्वपूर्ण आधार बनेको छ । शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका विभिन्न बस्तीमा आम्चीहरूले स्थानीय जडीबुटीबाट तयार पारिएका औषधि तथा परम्परागत उपचार विधिमार्फत बिरामीको उपचार गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)