सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी
arthasansar.com · Fri Oct 30 07:30:42 UTC 2026

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार ग्यास पल्टिएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)