मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिका भ्रमणको तयारीमा प्रधानसेनापति सिग्देल, १५ करोड डलरभन्दा बढीको विपद् सहयोग घोषणा

himalpress.com · Fri Oct 30 07:42:44 UTC 2026

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले भारत, चीन र बेलायत भ्रमणपछि अमेरिका जाने तयारी गरेका छन्। उनको सम्भावित अमेरिका भ्रमणको सन्दर्भमा अमेरिकाले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी निर्माणका हेलिकोप्टर, ड्रोन र नदीमा चल्ने उद्धार डुंगा उपलब्ध गराउने घोषणा गरेको छ।

यसले नेपाल- अमेरिका सैनिक सम्बन्धमा विपद् व्यवस्थापन र प्राविधिक सहयोगको महत्त्वलाई थप उजागर गरेको छ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार प्रधानसेनापति सिग्देलसँग भेट गरी नेपाल-अमेरिका साझेदारी तथा गत अगस्टको विनाशकारी बाढीपछिको पुनर्स्थापना र विपद् पूर्वतयारी तथा प्रतिकार्यमा भइरहेको सहयोगबारे छलफल गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)