नेपालमा थप ६ वटा हिमाल ८,००० मिटर अग्ला, मान्यता दिन विश्व मञ्चमा प्रस्ताव
clickmandu.com · Fri Oct 30 07:45:04 UTC 2026

काठमाडौं । विश्व पर्वतारोहणको नक्सामा नेपालको पहिचानलाई थप उचाइ दिँदै सरकार तथा नेपाल पर्वतारोहण संघ (एनएमए) ले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै हिमालको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक प्रस्ताव अघि सारेको छ । काठमाडौंमा सुरु भएको विश्व पर्वतारोहण तथा आरोहण महासंघ (युआईएए) को सन् २०२६ को साधारणसभाको अवसर पारेर नेपालले यो रणनीतिक तथा ऐतिहासिक दाबी विश्व पर्वतारोहण समुदायसमक्ष पेस गरेको हो ।
यस अन्तर्राष्ट्रिय सम्मेलनमा युआईएएका अध्यक्ष पिटर मुइरसहित विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, अनुसन्धानकर्ता र ख्यातिप्राप्त पर्वतारोहीहरूको सहभागिता छ । नेपालले यसअघि सन् १९८२ र २०११ मा युआईएएको साधारणसभा सम्पन्न गरिसकेको सन्दर्भमा यो तेस्रोपटक आयोजना गरिएको प्रतिष्ठित अवसर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)