मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशबाट नेपाल फर्किने सोच कसरी अभियान बन्यो ?

onlinekhabar.com · Fri Oct 30 07:42:20 UTC 2026

विगत केही दशकदेखि हजारौँ युवाहरू रोजगारी, उच्च शिक्षा वा सुरक्षित भविष्यको खोजीमा नेपाल छाडेर विदेश गइरहेका छन्। विदेशिनेहरूमध्ये धेरैले नेपाल फर्किने प्रण गर्छन्, तर समयसँगै त्यो प्रतिबद्धता धुमिल हुँदै जान्छ। पश्चिमी देशहरूमा जाने युवाहरू मात्र होइन, केही वर्षयता खाडी मुलुकका तुलनात्मक रूपमा सहज र आकर्षक आप्रवासन नीतिका कारण त्यहाँ गएका नेपालीहरूको पनि स्वदेश फर्किने सङ्ख्या न्यून छ। यसरी नेपालका हजारौँ प्रतिभाशाली युवाहरू विश्वका विभिन्न कुनामा छरिएर बस्नु र स्वदेश फर्किनेको सङ्ख्या न्यून हुनु सुखद विषय होइन।

यही विषयलाई मध्यनजर गर्दै हामीले सन् २०१८ को अन्त्यतिर ‘नेपाल फर्कौँ महाअभियान’ को औपचारिक सुरुआत गर्‍यौँ। यस आलेखमा उक्त अभियानको प्रारम्भिक परिकल्पना, अहिलेसम्मका उपलब्धि, चुनौती र अबको बाटोबारे चर्चा गर्नेछु।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)