मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा

ratopati.com · Fri Oct 30 07:45:41 UTC 2026

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले पूर्व भारतीय क्रिकेटर रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ । आईपीएलको सन् २०२७ को संस्करणअघि टोलीले आफ्नो प्रशिक्षक समूहमा व्यापक फेरबदल गर्दै उथप्पालाई नयाँ जिम्मेवारी दिएको हो ।

मुम्बईले बिहीबार नयाँ प्रशिक्षक समूहको घोषणा गरेको हो । जसअनुसार न्युजिल्यान्डका पूर्व तीव्र गतिका बलर मिचेल म्याकक्लेनाघन बलिङ प्रशिक्षक, टी दिलीप फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णी विकास बलिङ प्रशिक्षक नियुक्त भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)