चीनको कम्युनिस्ट पार्टीमा माओ युगपछिकै ठूलो 'शुद्धीकरण'
lokaantar.com

आन्तरिक अनुशासन र सुशासनलाई कडा बनाउने उद्देश्यका साथ आयोजना गरिएको चार दिने बैठक (प्लेनम) को समापनसँगै चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले आफ्ना ३३ जना वरिष्ठ अधिकारीहरूलाई औपचारिक रूपमा पार्टीबाट निष्कासित गरेको छ। माओत्सेतुङको युगपछिको यो सबैभन्दा ठूलो राजनीतिक 'शुद्धीकरण' मानिएको एनबीसी न्युज ले जनाएको छ ।
सन् २०२२ मा वर्तमान नेतृत्व चयन भएपछिको यो पाँचौँ केन्द्रीय कमिटी बैठक (फिफ्थ प्लेनम) हो। बैठकले २१औँ राष्ट्रिय कंग्रेस आगामी सन् २०२७ को उत्तरार्धमा बेइजिङमा आयोजना गर्ने निर्णयसमेत गरेको छ। निर्णयसँगै चीनमा हरेक पाँच वर्षमा हुने शीर्ष नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा खुला भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)