मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर

swasthyakhabar.com · Fri Oct 30 07:50:00 UTC 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि व्यवस्था विभागका अधिकृतस्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले विभाग र मातहतका कार्यालयमा कार्यरत केही अधिकारीहरूको सरुवा गरेको हो।

मन्त्रालयले औषधि व्यवस्था विभागमा कार्यरत केशु गिरी, अच्युत रेग्मी र निकेश श्रेष्ठलाई राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरेको छ। यस्तै, निशा श्रेष्ठ र सुस्मिता मरासिनीलाई भने प्रयोगशालाबाट औषधि व्यवस्था विभागमा ल्याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)