मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

gorkhapatraonline.com · Fri Oct 30 07:55:03 UTC 2026

अर्णव चक्रपातको प्रभावले मौसम बदली भई वर्षा हुने सम्भावना बढेपछि बाँकेका किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । आकाशमा कालो बादल मडारिन थालेसँगै वर्षाले पाकेको धानबालीमा क्षति पुर्‍याउने चिन्ताले किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् ।

धान काटेर खेतमै सुकाउन राखेका किसानलाई वर्षाले भिजाउने चिन्ता छ भने काट्न बाँकी रहेकालाई हावाहुरी र पानीले धान ढाल्ने डर छ । त्यसैले सम्भावित वर्षाअघि नै धानबाली सुरक्षित रूपमा भित्र्याउन किसानहरू हतारिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)