हराउँदै काठे रोटे पिङको परम्परा
gorkhapatraonline.com · Fri Oct 30 08:04:46 UTC 2026

कुनै समय दसैँ–तिहारको आगमनसँगै पूर्वी पहाडी गाउँबस्तीमा छुट्टै रौनक छाउँथ्यो । गाउँका चौतारी, खुला चौर र टोलटोलमा बाँस, काठ र डोरीको सहायताले बनाइने काठे रोटे पिङ तथा बाँसका लिङ्गे पिङले चाडपर्वको उत्साह थप्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेल्न झुम्मिन्थे ।
तर, आधुनिक मनोरञ्जनका साधनको विस्तार र बदलिँदो जीवनशैलीसँगै दसैँ–तिहारको पहिचान बनेका यस्ता मौलिक परम्परा अहिले बिस्तारै हराउँदै जान थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)