मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई पूर्वाधार विस्तारका लागि माइक्रोसफ्टले २५ अर्ब डलरको ऋणपत्र जारी गर्ने

clickmandu.com · Fri Oct 30 08:22:30 UTC 2026

एजेन्सी । अमेरिकी सफ्टवेयर तथा प्रविधि जायन्ट माइक्रोसफ्टले आफ्नो पूर्वाधार विस्तारलाई तीव्रता दिन २५ अर्ब अमेरिकी डलर बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एसएन्डपीबाट प्राप्त शीर्ष स्तरको एएए क्रेडिट रेटिङको लाभ उठाउँदै उक्त रकम उठाउन लागेको हो ।

पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान कम्पनीहरू ओपनएआई र एन्थ्रोपिकका साथै अन्य व्यावसायिक ग्राहकहरूबाट उच्च कम्प्युटिङ क्षमताको माग आइरहेको छ । सोही मागलाई सम्बोधन गर्न माइक्रोसफ्टले सन् २०२६ मा पुँजीगत खर्चका लागि १७० अर्ब डलर खर्च गर्ने लक्ष्य तय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)