मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले चिनियाँ टेलिकम कम्पनीहरूमाथि थप प्रतिबन्ध लगाउने

clickmandu.com · Fri Oct 30 08:42:11 UTC 2026

एजेन्सी । राष्ट्रिय सुरक्षा तथा ठगीसम्बन्धी अवैध ‘रोबोकल’ (स्वचालित कल) नियन्त्रणको कारण देखाउँदै अमेरिकाले चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकी फोन नम्बरहरूमा प्रत्यक्ष पहुँच राख्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै चाइना मोबाइल, चाइना टेलिकम, चाइना युनिकम र अन्य इन्टरनेट प्रोटोकल (आईपी) आधारित सेवा प्रदायकहरूलाई अमेरिकी नम्बरहरूमा प्रत्यक्ष पहुँच रोक्ने प्रस्तावमाथि आगामी नोभेम्बर १९ मा मतदान गर्ने जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)