मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदी सैन्य मुख्यालयमा हुथीद्वारा आक्रमण

ajakoartha.com · Fri Oct 30 08:48:00 UTC 2026

काठमाडौं - हुथी विद्रोहीद्वारा साउदी अरेबियाका विभिन्न आर्थिक तथा सामरिक केन्द्रहरु मा आक्रमण गरिएको छ । तेहरानमा यसै हप्ता भएको साउदी र इरानी उच्च अधिकारीहरूको दुर्लभ बैठकमार्फत क्षेत्रका विवादहरू वार्ताद्वारा समाधान गर्ने सहमति भए पनि, इरान समर्थित हुथी लडाकुहरूले साउदी अरेबियाका विमानस्थल र तेल सुविधा केन्द्रहरूमा कुल छ वटा आक्रमण गरेको दाबी गरेका छन्। साउदी अरेबिया, टर्की र पाकिस्तानले उक्त बैठकमा उच्चस्तरीय प्रतिनिधिहरू पठाएका थिए, तर सकारात्मक वक्तव्यहरूका बाबजुद पनि हुथी फौजहरूले साउदी अधिराज्य र यमनभित्रका साउदी समर्थित फौजहरूमाथि क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गर्ने क्रम जारी राखेका छन्।

हुथी प्रवक्ता यह्या सारीले ‘एक्स’ मा पोस्ट गरिएको एक वक्तव्यमा उक्त आक्रमणहरूले साउदी अरेबियाको पूर्व र पश्चिम तटदेखि रियाद र दक्षिणी क्षेत्रको नज्रानसम्म फैलिएका महत्त्वपूर्ण व्यावसायिक तथा सैन्य पूर्वाधारहरूलाई लक्षित गरेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)