सार्वजनिक भएन लुम्बिनी प्रदेश सरकारको खर्च विवरण
ratopati.com · Fri Oct 30 08:56:18 UTC 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट खर्च विवरण मासिक रूपमा सार्वजनिक गर्न सकेको छैन। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा देखिएको प्राविधिक समस्याका कारण मासिक खर्च विवरण वेबसाइटमार्फत सार्वजनिक हुन नसकेको हो।
सामान्यतया प्रदेश सरकारका मन्त्रालयहरूको चालु तथा पुँजीगत खर्च विवरण प्रत्येक महिनाको १ गते सार्वजनिक गर्ने प्रचलन छ। तर, चालु आर्थिक वर्ष सुरु भएदेखि नै मासिक खर्च विवरण सार्वजनिक हुन सकेको छैन। अन्य प्रदेशहरूले भने आफ्नो खर्च विवरण सार्वजनिक गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)