मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा मात्रै आठ हजार मिटर अग्ला हिमालको संख्या बढेर १४ पुग्नसक्ने

corporatenepal.com · Fri Oct 30 08:53:32 UTC 2026

काठमाडौं । सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप छ हिमाललाई सूचीकृत गराउन पहल अघि बढाएको छ । यो प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ । साथै नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ ।

विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण संघमार्फत उक्त प्रस्ताव अघि सारेको हो । काठमाडौंमा आजदेखि सुरु भएको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)