मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ कम्युनिस्ट पार्टीले एकैपटक ३३ वरिष्ठ अधिकारी निकाल्यो

clickmandu.com · Fri Oct 30 09:00:39 UTC 2026

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आन्तरिक अनुशासन कडा पार्ने उद्देश्यले आयोजित चारदिने महत्त्वपूर्ण बैठकका क्रममा दर्जनौं वरिष्ठ अधिकारीहरूको निष्काशनलाई औपचारिक रूपमा सदर गरेको छ । यसै क्रममा पार्टीले शीर्ष सैन्य जनरल चाङ शङमिनलाई अप्रत्याशित रूपमा शक्तिशाली पोलिटब्युरो सदस्यमा पदोन्नति गरेको छ ।

सन् २०२२ मा वर्तमान नेतृत्व चयन भएयता बसेको केन्द्रीय कमिटीको यस ‘पाँचौं पूर्ण बैठक’ (फिफ्थ प्लेनम) ले पार्टीको २१औं राष्ट्रिय महाधिवेशन सन् २०२७ को दोस्रो अर्धवार्षिकमा बेइजिङमा आयोजना गर्ने निर्णयसमेत गरेको छ । यस निर्णयसँगै प्रत्येक पाँच वर्षमा हुने पार्टीको शीर्ष नेतृत्व चयनको प्रतिस्पर्धाका लागि औपचारिक ढोका खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)