सिञ्चाइ विभागका डीजीसहितलाई प्रहरी नै लगाएर किन लगियो प्रधानमन्त्री कार्यालय ?
lokaantar.com

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्काको आर्थिक प्रस्ताव खोल्ने मिति नजिकिँदै गर्दा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकसहित आयोजना प्रमुखलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा हाजिर गराइएको खुलेको छ ।
सिरहाको लहान क्षेत्रमा फिल्ड अनुगमनका लागि पुगेका जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरीले फिल्डबाटै नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई पनि नियन्त्रणमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)