मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत, एनजीओ सुक्दा घटे पर्यटक

ratopati.com · Fri Oct 30 09:22:26 UTC 2026

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार समीक्षा वर्षमा यस्तो आर्थिक वृद्धि देखिएको हो ।

राष्ट्रिय स्तरमा ३.८९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण रहँदा कर्णालीको वृद्धिदर सोभन्दा केही कम देखिएको हो ।यो प्रदेशले राष्ट्रिय अर्थतन्त्रको ४.२० प्रतिशत मात्र हिस्सा ओगटेको देखिएको छ जुन सात प्रदेशमध्ये सबैभन्दा कम हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)